free website hit counter

प्रभुले बाड्यो औषधि तथा खाद्य सामाग्री

beemaadmin
२०७६ चैत्र २९, शनिबार

अछाम । कोरोना संक्रमणका हिसावले सबैभन्दा जोखिमपूर्ण क्षेत्र मानिएको सुदुरपश्चिमको अछाममा प्रभु बैंकले राहत सामाग्री बितरण गरेको छ । अछाममा औषधि तथा खाद्य समाग्री कै अभाव भएका समाचार आएपछि समाजिक उत्तरदायीत्वअन्तर्गत अछाम जिल्लामा औषधि तथा राहात समाग्री वितरण गरेको प्रभु बैंक अछामका गणेश भण्डारीले बताए ।
अछामबाट ठुलो संख्यामा रोजगारीका लागी भारत गएकाहरु फक्रिएसँगै त्यहाँ संक्रमण बढ्न सक्ने अनुमान गरिए पनि अहिले सम्म प्रयाप्त औषधि, चिकित्सकका साथै आवश्यक खाद्य सामाग्री पुग्न सकेको छैन । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक जिल्लामा राहत तथा आवश्यक सहयोग गरेको छ ।

सुदुरपश्चिम क्षेत्र तथा विशेष गरी अछाममा दुईदिन अघि मात्रै नेपाली सेनाले संक्रमणको आशंकामा तीन सय भन्दा बढी मानिसको नमुना संकलन गरेको थियो । प्रभु बैंक अछामको दुररगम कमलबाजारमा बैंकिङ्ग सेवा दिने एक मात्र बैंक हो ।

सम्बन्धित समाचार

जीवन विकास लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८१ मंसिर ९, आईतवार

ह्वात्तै बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ मंसिर ९, आईतवार

निरन्तर पाँचौ दिन पनि बढ्यो सुन

beemaadmin
२०८१ मंसिर ७, शुक्रबार