काठमाडौं । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मंसिर २६ गते बिहिबार बसेको संचालक समितिको ३७८औं बैठकले सो लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष सम्मको वितरण योग्य संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। कम्पनीको उक्त लाभांश बीमा समितिले स्वीकृति गरेपछि आगामी २४ औं वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीले पाउनेछन्।
इस्योरेन्सले आर्थिक वर्ष २०७३÷७४ मा १९.२० प्रतिशत बोनस र १.०१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५० लाख रहेको छ। ५ प्रतिशत बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड ५३ लाख पुग्नेछ। इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २६ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।