free website hit counter

प्रभु बैंकका सीईओ शेरचनको पद अदालतले जोगाइदियो

beemaadmin
२०८२ बैशाख ४, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको पद जोगाइदिएको छ । उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेका प्रमुख शेरचनको पद जोगिएको हो । सर्वोच्च अदालतमा उच्च अदालत पाटन र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाउँदै शेरचन सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेका थिए । २०८१ चैत ३१ गते सर्वोच्च पुगेका उनको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले विपक्षीमाथि कारण देखाउ आदेश दिएको हो । यससँगै, उच्चले वैशाख ९ गतेसम्मका लागि तोकेको शेरचनको कार्यकाल २०८५ माघ सम्मै कायम हुने भएको छ । वाणिज्य बैंकको प्रमुख कार्यकारीकारुपमा शेरचनले विवादितको छवि बनाएका छन् । उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा २ अर्ब ऋण ससुरावालाई दिएको विषयमा छानबिनको फाइल कायमै छ । यस्तै, बलम्च्यिाँई गर्दै तेस्रो कार्यकालसम्म प्रभु बैंकको प्रमुख कार्यकारीको भूमिकामा रहेको आरोप लाग्दै आएको छ । यसाबहेक, शेरचनले तेस्रो कार्यकाल चलाइरहँदा लगानीकर्तालाई लाभांश वितरण गर्न नसकेको, राष्ट्र बैंकको कारबाहीमा निरन्तर परेको लगायत विषय उजागर भइरहेका छन् । यसबाहेक, प्रभुले चिनजान र शक्तिका आड्मा सार्वजनिक कम्पनीको अर्बौ रकम विना धितो ऋण प्रवाह गरेका तथ्यहरु समेत बाहिरिन थालेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार