free website hit counter

प्रभु बैंकको १६ प्रतिशत लाभांश पारित

beemaadmin
२०७६ मंसिर ७, शनिबार

काठमाडौं । आफ्नो सेवा विस्तारको अभियानमा लागकेको प्रभु बैंकले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आफ्नो सम्पर्क कार्यालय खोल्न तयारी गरेको छ ।
प्रभु बैंकको १८ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको बोनस र प्रबन्ध पत्रमा शेयर स्वामित्व संरचना परिवर्तन गर्ने निर्णय पारित गरेको छ ।
बैंकको १८औं वार्षिक साधारण सभाले गत आव २०७५–७६ को मुनाफाबाट गत आ.व. २०७५–०७६ मा कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ । साधारणसभाले संस्थापक समूहतर्फ कायम रहेको ५५ प्रतिशत र सर्वसाधारण समूह तर्फ कायम रहेको ४५ प्रतिशतको शेयर स्वामित्वमा संशोधन÷परिवर्तन प्रस्ताव समेत पारित गरेको छ ।
बैंकको संस्थापक समुह तर्फ ५१ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम हुने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना संशोधन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याँकन गर्न मान्यताप्राप्त मुल्याँकनकर्ता नियुक्ती गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडि बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय समेत पारित गरेको छ ।
साधारण सभाले १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरे पश्चात् बैंक लि।को चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख २ हजार ७ सय रुपैयाँ पुगेको छ । देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ३७ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १५२ वटा एटिएम मेशिन तथा १९६ वटा शाखा कार्यालयहरु पुगेका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार