free website hit counter

प्रभु महालक्ष्मीका सीईओ प्रसाई ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित

beemaadmin
२०८२ भाद्र १७, मंगलवार

काठमाडौं । अग्रणी जीवन बीमक प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित भएका छन् । उनी छैटौं एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत यो अवार्ड प्राप्त गर्न सफल भएका हुन् । बीमा क्षेत्रको नियामक निकाय तत्कालीन बीमा समितिदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा प्रसाईले गरेको महत्वपूर्ण योगदानको कदरस्वरूप यो सम्मान गरिएको हो । उनको नेतृत्वमा आर्थिक वर्ष २०८१–८२ मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले उल्लेखनीय व्यवसायिक वृद्धिसहित नेपाली बीमा बजारमा दरिलो उपस्थिति कायम गरेको छ । सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रसाईलाई उक्त अवार्ड प्रदान गरेका थिए । एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत नेपालसहित एशियाका विभिन्न देशका आफ्ना क्षेत्र र पेशामा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूलाई विभिन्न विधामा सम्मान गरिँदै आएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार