free website hit counter

प्रभु महालक्ष्मी लाइफको नाफा झण्डै २७ करोड

beemaadmin
२०८१ बैशाख २७, बिहीबार

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ३८.७५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १९ करोड ३८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ९६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा १०२.८३ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब ४६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी १ करोड ९४ लाख ,लगानी तथा कर्जा आम्दानी ८४ करोड १७ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै कम्पनीको अन्य आम्दानी ९ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको २ अर्ब ७८ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ६२ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ८ करोड ७६ लाख र रिटेन्ड अर्निङ ५५ करोड ७५ लाख रुपैयाँबराबर रहेको छ । कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस घटेको छ । कम्पनीको ईपीएस १२.२९ रुपैयाँबाट घटेर ८.२५ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.३५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.३१ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार