free website hit counter

प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशतसम्म छुट

beemaadmin
२०८१ माघ २३, बुधबार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने भएको हो । कम्पनीले व्यतित भएका बीमालेखहरु २०८१ माघ २२ गतेदेखि माघ ३० गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा २ वर्षभित्र व्यतित भएका बीमालेखहरुमा ७५ प्रतिशत २ देखि ३ वर्ष अवधिसम्म व्यतित भएका बीमालेखहरुमा ५० प्रतिशत र ३ वर्ष भन्दा बढी व्यतित बीमालेखहरुमा २५ प्रतिशत विलम्ब शुल्क ब्याजमा छुट गर्ने जनाएको छ । यस योजनामा समावेश भइ पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पन गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्कको छुटको सम्पुर्ण रकम कट्टा गरिनेछ । एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान गरिने छैन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार