free website hit counter

प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान सम्पन्न

beemaadmin
२०८० चैत्र ५, सोमबार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एमडीआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने हुँदा अभिकर्ताको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधै साथ सहयोग रहने बताए । उनले अभिकर्तालाई उच्च सम्मान प्रकट गरे । चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म संचालन भएको कार्यक्रममा एमडीआरटी जस्तो अन्तराष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएको भन्दै अभिकर्ताहरुलाई हार्दिक बधाई दिएका थिए । त्यस्तै, कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले स्वागत मन्तब्य व्यक्त गरे । अन्तराष्ट्रिय फोरम एमडीआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण भएको बताए । अभिकर्ता पेसा छनोट गरी निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गर्ने उनले बताए । कम्पनीका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले योग्यहरुको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने धारणा राखे । यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय रहेको बताउँदै मगरले सफलताको अनुभव र प्राप्त मान सम्मानले थप सफलताको लागि उर्जा प्राप्त हुने जनाए । यो उर्जाको आगामी वर्षमा परिणाम आउने विश्वासउनले व्यक्त गरे ।

सम्बन्धित समाचार