free website hit counter

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

beemaadmin
२०८२ पुष ३, बिहीबार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार