free website hit counter

प्रभु लाइफले पायो आईपीओको अनुमति

beemaadmin
२०७७ मंसिर १२, शुक्रबार

काठमाडौं । शेयर बजारमा नयाँ लगानीकर्ताको आकर्षण बढिरहेको बेला बीमा बजारमा आफ्नो छुट्टै अस्तित्व कायम गरिसकेको प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले गत मंसिर ११ गते कम्पनीलाई सो मात्राको सेयर जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ६० लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ ।
कम्पनीले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्केटमार्फत सो मात्राको सेयर बिक्री गर्ने छ ।

इन्स्योरेन्सले गत असोज २५ गते मात्र बोर्डसँग आईपीओ जारी गर्ने फाइन बोर्डमा पठाएको थियो ।

सम्बन्धित समाचार