free website hit counter

प्रभु स्पेशल सेभिङ्ग खाता सञ्चालन सम्झौता

beemaadmin
२०७६ मंसिर २४, मंगलवार

ललितपुर । ललिपतुर महानगरपालिका– १४ मानभवनमा रहेको गोर्खा सत्याग्रह समिति नेपाल र प्रभु बैंकबीच ब्रिटिस सरकारको सैनिक सेवामा कार्यरत तथा भूतपूर्व सैनिकहरुको प्रभु स्पेशल सेभिङ्ग खाता सञ्चालन गर्ने सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ । गोर्खा सत्याग्रह समिति, नेपालका तर्पmबाट अध्यक्ष कृष्णबहादुर राई र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
गोर्खा सत्याग्रह समिति नेपाल खासगरी ब्रिटिश सरकारको सैनिक सेवामा कार्यरत तथा भूतपूर्व गोर्खा सैनिकहरुको हितमा क्रियाशील रहेको गैरसरकारी संस्था भएकोले गोर्खा सत्याग्रह समिति नेपालले प्रभु बैंकको कमलादी शाखा कार्यालयमा आप्mनो नाममा खाता खोली कारोबार गर्ने छ ।
गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले पनि प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट प्रभु स्पेशल सेभिङ्ग खाता खोल्न सक्ने व्यवस्था मिलाईएको छ । गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले प्रभु बैंकमा प्रभु स्पेशल सेभिङ्ग खाता खोली ब्रिटिश सरकारबाट प्राप्त गर्ने पेन्सन रकम सिधै प्रभु बैंकमा रहेको सम्बन्धित खाताधनीको खातामा जम्मा हुने व्यवस्था मिलाईनेछ । प्रभु स्पेशल सेभिङ्ग खाता खोल्ने ब्रिटिश सैनिक सेवामा कार्यरत तथा भुतपुर्व ब्रिटिस गोर्खा सैनिकहरुले शुन्य मौज्दातमा यो खाता खोल्न सक्नेछन् । हालको लागि वार्षिक ६।५ प्रतिशत ब्याज प्रदान गरिने उक्त खातामा बैंकको नियमानुसार ब्याजदर परिवर्तन हुन सक्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार