free website hit counter

प्रमुख राजनीतिक दलसँग छलफल गर्दै राष्ट्रपति

beemaadmin
२०७७ चैत्र ३, मंगलवार

काठमाडौं। राजनीतिक अस्थिरता बढेको र राजनीतिक दलहरुबीच दूरी बढेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आयोजना गरेकी छन्। सङ्घीय संसद्‍मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग आज अपरान्ह् ४ बजे छलफल गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार संसद्‍मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ। बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार