काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ। भारत भ्रमणमा रहेका लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीन, भारतका विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए। सो भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यबारे छलफल भएको बताइएको छ।
भ्रमणका क्रममा भाजपाले लामिछानेलाई रेड कार्पेटसहित भव्य स्वागत गरेको थियो। पाँच दिने भारत भ्रमणका लागि उनीसँग उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र अविनाश आचार्य (प्रदीप) पनि सहभागी छन्। लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।