free website hit counter

प्रसाइँलाई प्रभू महालक्ष्मी लाइफको निमित्त सीईओको जिम्मेवारी

beemaadmin
२०८० माघ ११, बिहीबार

काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाइँले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पदबाट राजीनामा दिएपछि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसाइँलाई सञ्चालक समितिको बुधबारको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । साबिक प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर भएर प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स अस्तित्वमा आउनु अघि प्रसाइँ प्रभू लाइफको प्रमुख कार्यकारी अधिकृत थिए । चार्टर्ड अकाउण्टेण्ट समेत रहेका प्रसाइँले बीमा क्षेत्रमा आफ्नो करिअरको शुरुवात तत्कालीन बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण)बाट गरेका हुन् । बीमा समितिबाट राजीनामा पछि नेपाल लाइफ इन्स्योरेन्समा प्रवेश गरेका प्रसाइँले त्यहाँ ४ वर्ष तीन महिना काम गरे । त्यस अवधिमा उनले ८ महिना प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

सम्बन्धित समाचार