free website hit counter

प्रहरीकाे पछाडि अर्काे प्रहरी खटाउनु परेपछि…

beemaadmin
२०७७ असार १२, शुक्रबार

काठमाडौ । समाजमा अपराध नहोस् भनेर खटिने सुरक्षाकर्मी नै आपराधिक कार्यमा खटिने गरेको पाइएप्छि प्रहरी प्रधान कार्यालयले सुरक्षा अधिकारीहरुकै सुक्ष्म अध्ययन थालेको छ । नेपाल प्रहरीमा कार्यरत दुई अधिकृत फरक फरक आरोपमा विहीबार पक्राउ परेका छन् । शान्ति सुरक्षा कायम गर्ने र समाजमा कानुन कार्यान्वयन तहमा काम गर्ने प्रहरी अधिकृतहरु पक्राउ परेका हुन् । ललितपुरबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) रुद्रबहादु शाही लागुऔषध तस्करीसँग मिलेमतो गरेको आरोपमा पक्राउ परेका हुन् भने जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की घुससहित अख्तियारको फन्दामा परेका हुन् । विहीबार दिउँसो ललितपुरबाट शाही र कैलालीबाट कार्की पक्राउ परेपछि नेपाल प्रहरीले यस विषयलाई गम्भीर रुपमा लिएको छ । प्रहरी जवनादेखि अधिकृतसम्म यसरी अपराधमा मुछिन थालेपछि नेपाल प्रहरीले विहीबारै देशभरका प्रहरी अधिकृतहरुलाई कमाण्डरमार्फत अनुशासनमा बस्न र प्रहरी ऐन र कानुन विपरित काम नगर्न सबैलाई एक साथ निर्देशन दिएको छ । लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरले शाहीलाई विहीबार दिउसो पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको थियो । कानुन व्यवसायी विष्टको फर्ममा छापा हान्दा उनीहरू दुवै जना ५० हजार घुससहित रंगेहात पक्राउ परेका हुन् । जवरजस्तीकरणी र सार्वजनिक हित विरुद्धको २ वटा मुद्धा मिलाइदिन्छु भन्दै उनीहरूले ५० हजार घुस लिएका थिए । दुई जना प्रहरी निरीक्षक पक्राउ परेपछि यो विषयलाई प्रहरी प्रधानकार्यालयले गम्भीर रुपमा लिएको जनाउँदै प्रहरी प्रवक्ता निरजबहादुर शाहीले प्रहरी कर्मचारी लोभमा फस्न थालेको बताए । अहिलेको अवस्थामा प्रहरीभित्रै यस्ता समस्याग्रस्त अधिकृतहरुले संगठनको बद्नामा गराउन खोजेको भन्दै यस्ता कर्मचारीलाई कानुन बमोजिम कारवाहीको दायरामा ल्याउन प्रहरी संगठन लागिरहेको बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार