free website hit counter

प्रहरीको गाडीमा जवानीको होस गुमाएपछि…

beemaadmin
२०७८ श्रावण १८, सोमबार

एजेन्सी । पुलिस कारको पछिल्लो सिटमा यौन सम्बनधमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खिचेर सामाजिक संजालमा भाइरल गरिदिएपछि दुवै पुलिस अधिकारीहरुलाई बर्खास्त गरिएको छ । यी पुलिस अधिकारीहरु मेक्सिकोका हुन् । उनीहरुको भिडियो मेक्सिकोको एकाटेपेक डे मोरेलोसमा खिचिएको थियो । उनीहरुका उच्च अधिकारीहरुले यो भाइरल भिडियो देखेपछि उनीहरुलाई कारवाही गरेको द सनले जनाएको छ । भिडियोमा यी दुवै पुलिस अधिकारीहरु शरीरको तल्लो भागमा नग्न छन् तर शरीरको माथिल्लो भागमा पुलिसको युनिफर्म लगाएका छन् । महानगरीय पुलिसले उनीहरु दुवैलाई बर्खास्त गरिएको र सोधपुछ भइरहेको जनाएको छ । यसअघि मेक्सिकोमा अघिल्लो वर्ष पनि अस्पतालको मनिटरिङ रुममा ड्युटीमा रहेका बेला शारीरिक सम्बन्ध राख्ने २ जना पुलिसकर्मी बर्खास्त भएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार