free website hit counter

प्रहरीको फोनमा महिलाले भनिन्, मैले बलात्कारीलाई मारिदिएँ

beemaadmin
२०७७ कार्तिक २, आईतवार

काठमाडौं। महिला हिंसाका घटना बढ्दै गएको बेला अपराधीलाई मृत्यु दण्डको सजायँ हुनुपर्ने माग नेपालमा भइरहेको छ । मृत्युदण्डकै व्यवथा भएको भारत पनि बलात्कारका घटना घटिरहेकै छन् । यही बेला पटक पटकको बलात्कार र ब्ल्याकमेलिङबाट आजित भएकी एक महिलाले बलात्कारी युवकलाई चक्कु हानेर मारिदिइन् त्यसपछि प्रहरीलाई फोन गरेर भनिन् ‘बलात्कारीलाई मारिदिएँ ।’

हिन्दूस्तान टाइम्समा प्रकाशित समाचारअनुसार घटना भारतको मध्य प्रदेशको गुना जिल्लाको हो । ती महिला यी बलात्कारीबाट यतिसम्म आजित भएकी थिइन् कि उनले ती युवालाई लगातार २५ पटक चक्कु प्रहार गरेकी थिइन् । महिलाका अनुसार यी व्यक्तिले २००५ देखि उनलाई बलात्कार गरिरहेका थिए । त्यतिबेला उनी नाबालिग नै थिइन् । प्रहरीको जाँचमा भएको खुलासा अनुसार ती व्यक्तिको नाम बृजभूषण शर्मा हो । उनी अशोकनगरका बासिन्दा हुन् । महिला पनि अशोकनगरकै हुन् । महिलाका अनुसार उनी १६ वर्षकी हुँदा बृजभूषण शर्माले उनलाई बलात्कार गरेका थिए । त्यसपछि कैयौं पटक उनले डर धम्की देखाएर उनलाई बलात्कार गरिरहे ।

Advertisement
Advertisement

पछि महिलाको एक शिक्षकसँग बिहे गरिन् ताकि बृजभूषणबाट पिछा छुटाउन सकियोस् । बिहेपछि महिलाले एउटी छोरी पनि जन्माइन तर बृजभूषणले उनको पिछा छोडेनन् । घटनाको रात महिला घरमा एक्लै थिइन् त्यही बेला बृजभूषण घरमा आए । उनी नशामा थिए र उनले त्यस दिन पनि महिलालाई जबरजस्ती गरे । अन्ततः उनको धैर्यको बाँध टुट्यो र उनले चक्कु हानेर बृजभूषणको हत्या गरिदिइन् । बृजभूषण नशामा थिए त्यसैले धेरै विरोध गर्न पनि सकेनन् । महिलाले उनको शरीरमा २५ पटक चक्कु प्रहार गरेको पाइएको छ ।

Advertisement
Advertisement

हत्यापछि महिलाले स्वयं प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीलाई फोन गरेर उनले आफूले बृजभूषणलाई मारिदिएको स्वीकार गरेकी थिइन् । महिलाको फोनपछि प्रहरी घटनास्थल पुग्दा त्यहाँ बृजभूषणको शरीर नग्न अवस्थामा थियो । उनको शरीरभरी घाउ थियो र रगत बगिरहेको थियो । प्रहरीले नजिकै हत्याको लागि प्रयोग गरिएको धारिलो चक्कु पनि बरामद गरेको छ । प्रहरीले महिलालाई हिरासतमा लिएर थप कानुनी कारवाही अगाडि बढाएको छ ।

सम्बन्धित समाचार