free website hit counter

प्रहरीमा खुल्यो ठूलो संख्यामा जागिर (सूचनासहित)

beemaadmin
२०७६ माघ १, बुधबार

काठमाडौँ । जागिरको खोजीमा भौतारिइरहनुभएको छ भने खुशीको खबर छ । नेपाल प्रहरीले ठूलो संख्यामा रोजगारी खुलाएको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) का लागि प्रहरीले भर्ना खुलाएको हो । प्रहरी प्रधान कार्यालयले बुधबार एक सार्वजनिक सूचना जारी गरी १ सय ४९ जना इन्सपेक्टर र ५ सय ८४ जना असई माग गरेको हो ।
प्रहरी निरीक्षकका लागि दरखास्त दिन न्यूनतम स्नातकतह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने प्रहरी सहायक निरीक्षकका लागि प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गर्ने हुनुपर्ने व्यवस्था गरेको छ ।

हेर्नुहाेस् सूचना

सम्बन्धित समाचार