free website hit counter

प्रहरीले डा केसीलाई उठाउन खोजेपछि डडेल्धुरामा तनाव

beemaadmin
२०७६ कार्तिक २५, सोमबार

काठमाडांंै । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १७औं पटक अनशनरत डाक्टर गोविन्द केसीलाई अनसनस्थलबाट सार्न खोजेपछि डडेल्धुरा अस्पतालमा तनाव भएको छ । डडेल्धुरा अस्पतालले डा केसीको अवस्था नाजुक बनेको भन्दै उपचार सम्भवन नभएको बताएपछि प्रहरीले उनलाई अन्यत्र लान खोजको हो ।
अस्पतालले केसीको रक्तचाप र मुटुको धड्कन अनियमित भएकोले सुविधासम्पन्न अस्पतालमा उपचारका लागि लैजानु पर्ने बताएको थियो । यससँगै सोमबार प्रहरीले डा केसीलाई डडेल्धुराबाट प्रादेशीक अस्पताल धनगढी लैजान खोजेपछि तनाव उत्पन्न भएको हो । डा केसीका समर्थकले भने प्रहरीले सबै कुरा खुलाएर लानुपर्ने माग गरेका थिए । चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी ६ दिनअघि डडेल्धुरा पुगेर अनशन बसेका थिए ।

अनसन तोड्न शिक्षामन्त्रीको आग्रह
यसैबीच, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनशन तोड्न डा. गोविन्द केसीलाई आग्रह गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा. केसीले उठाएका मुख्य मागहरु सम्बोधन भइरहेको बताए । डा. केसीले अहिले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने मन्त्री पोखरेलको धारणा छ । मुलुक अहिले कालापानीको बहसमा रहेको भन्दै उनले भने, डा केसीलाई के अनुरोध गर्न चाहन्छौं भने सिंगो देश कालापानीको विषयमा एकतावद्ध ढंगले अगाडि बढिरहेको बेलामा डा। साबले अनशनको बाटो लिने होइन ।

सम्बन्धित समाचार