free website hit counter

प्रहरी चौकीका इन्चार्ज मध्यराति ठाउँबाटै गिरफ्तार

beemaadmin
२०७७ असार १०, बुधबार

रौतहट । मुलुक संकटमा गुज्रिरहेको बेला सुरक्षा दिन सक्रिय एक सुरक्षाकर्मीलाई गाउँलेले आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् । रौतहटको बसन्तपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सञ्जिव झालाई एक महिलासँग आपत्तिजनक अवस्थामा भेटेपछि स्थानीयले नियन्त्रणमा लिएका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय, रौतहटमा बुझाइएको छ । असई झा राजदेवी नगरपालिकाको वडा नं. २ मा एक महिलालाई भेट्न राति पुगेका थिए । त्यहीँ सामुदायिक भवन घेरेर स्थानीयले उनलाई नियन्त्रणमा लिएका थिए । जिल्ला प्रहरी कार्यालयको टोली पुगेपछि मात्र उनलाई छाडिएको थियो । जनताको सुरक्षाका लागि खटिने प्रहरी नै मध्यरातमा आपत्तिजनक अवस्थामा पक्राउ परेपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार