free website hit counter

प्रहरी परिचालन गरी महाप्रबन्धकको कार्यकक्षमा तालबन्दी

beemaadmin
२०७६ पुष २०, आईतवार

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुमा महाप्रबन्धक सुभाष सिटौलाको कार्यकक्षमा तालाबन्दी भएको छ । स्रोतकाअनुसार अध्यक्ष नन्दकिशोर बस्नेतको निर्देशनमा स्थानीय प्रहरी प्रशासनको लिई कार्यकक्षमा तालबन्दी गरिएको र यसले गर्दा त्यहाँको वातावरण अशान्त बन्न पुगेको र महाप्रबन्धक पनि कार्यकक्षमा जान नसकेको बताइएको छ । अहिले कार्यकक्ष आसपास व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । अध्यक्ष बस्नेत र महाप्रबन्धक सिटौलाबीच केही महिनादेखि द्वन्द्व चर्किदै आएको थियो । अध्यक्ष बस्नेतले महाप्रबन्धक सिटौलाको उमेरहदका कारण अवधि सकिएको भन्दै अवकाश दिएपछि बस्नेत र सिटौलाबीच द्वन्द्व सिर्जना भएको हो । उक्त विवाद उद्योग मन्त्रालयमा विगत केही महिनादेखि पुगेको भए पनि मन्त्रालयले यससम्बन्धमा ठोस निर्णय लिन नसक्दा समस्या चर्कदै गएको छ । यही कारणले गर्दा बोर्डको बैठक समेत बस्न सकिरहेको छैन । उद्योग मन्त्रालय स्रोतकाअनुसार अध्यक्ष र महाप्रबन्धकबीचको विवादको सन्दर्भमा अर्थ मन्त्रालयले निर्णय लिन पत्राचार भइसकेको बताइएको छ।

सम्बन्धित समाचार