free website hit counter

प्राइम लाइफका सबै भुक्तानीहरु पूर्ण स्वचालित

beemaadmin
२०७७ फाल्गुन ८, शनिबार

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ । यसरी एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस प्रयोग गरी यसभित्र रहेका एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमा कारोबार गर्न सक्ने प्राइम लाइफ पहिलो इन्स्योरेन्स कम्पनी भएको छ । हाल कम्पनीले सिद्धार्थ बैंकमार्फत यी भुक्तानी कारोबारहरु गर्ने भएको छ ।

यस व्यवस्थाको सुरुवातसँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ भने यसबाट कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुने विश्वास गरिएको छ ।

Advertisement
Advertisement

प्राइम लाइफसँगै २३ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइनमार्फत कनेक्ट आईपीएस ई–पेमेन्टबाट भइरहेको छ भने ४ वटा बीमा कम्पनी भने एनपीआई प्रणालीमा आबद्ध भैसकेका छन् ।

Advertisement
Advertisement

एनपीआई नेपाल क्लियरिङ हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ जसमा हाल ६१ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पीएसपी÷पीएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ५१ गैर—बैंकिङ संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

सम्बन्धित समाचार