free website hit counter

प्राइम लाइफद्वारा १४ लाख बीमा रकम भुक्तानी

beemaadmin
२०७६ कार्तिक ५, मंगलवार

काठमाडौं । बीमा कम्पनीहरुबाट बीमा दाबी भुक्तानी लिन सहज छैन अफवाहलाई चिर्दै बीमा कम्पनीहरुले बीमा दावी भुक्तानीलाई सरल र सहज बनाउँदै लगेका छन् । बढ्दो प्रतिस्पर्धासँगै बीमा कम्पनीहरुले आफ्नो सेवालाई चुस्त दुरुस्त पार्ने क्रम पनि बढेको छ । अत्यावश्यक कागजात पुगेको अवस्थामा तत्कालै बीमा दाबी भुक्तानी हुने गरेको पछिल्लो घटनाक्रमले देखाएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स उर्लाबारी शाखाले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका एक युवाको परिवारलाई मृत्यु दावी भुक्तानी बापत १४ लाख रकम हस्तान्तरण गरेको छ । मोरङ जिल्लाको मिक्लाजुङ ७ निवासी राम बस्न्यात (मृतक) को परिवारलाई मृत्यु दाबी बापतको १४ लाख रुपैयाँ रकम प्रदान गरेको हो ।

बैदेशिक रोजगारको शिलशिलामा कुवेत जानुअघि म्यादी बीमा गरेका बस्न्यातको कुबेतमा असमायिक निधन भएको थियो । मृतक बस्न्यातको परिवारले मृत्यु दाबी भुक्तानीका लागि निवेदन दिएपछि सो रकम हस्तान्तरण भएको हो ।  उर्लाबारी शाखा कार्यलयमा मृतक बस्न्यातका पिता बुबा रिबहादुर बस्न्यातलाई शाखा प्रबन्धक प्रेम बोहोराले १४ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित समाचार