free website hit counter

प्राइम लाइफले बोलायो साधारण सभा

beemaadmin
२०७७ असार ७, आईतवार

काठमाडौं । लाभांश प्रस्ताव पारित लगायतका विषयमा छलफल गर्न प्राइम लाइफ इन्स्योरेन्सले बाह्रौँ वार्षिक साधारण सभा डाकेको छ। इन्स्योरेन्सले असार २९ गते, सोमबार सो सभा डाकेको हो। सो सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिनको २ बजे शुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७४(७५ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १२।५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सो बोनस शेयरको कर प्रयोजनार्थ १ करोड २३ लाख ३४ हजार ४४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असार १९ गतेका दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
हाल २ अर्ब ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस वितरणपश्चात पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार