free website hit counter

प्राधिकरणले गर्याे महिला समूहसँग छलफल

beemaadmin
२०८२ चैत्र २४, मंगलवार

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले शनिबार विराटनगरका स्थानीय महिला समूहसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। महिलाहरूमा बीमाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा कार्यालय प्रमुख प्रीती देवले जीवन बीमा, स्वास्थ्य बीमा, कृषि बीमा लगायत विभिन्न बीमाका प्रकारहरूबारे जानकारी दिइन्। उनले विपद्, दुर्घटना तथा आकस्मिक आर्थिक जोखिमबाट जोगिन बीमा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यसको महत्व, प्रक्रिया तथा दाबी प्रक्रियाबारे सहभागी महिलाहरूलाई प्रस्ट पारिन्।

Advertisement
Advertisement

अन्तरक्रिया सत्रमा सहभागी महिलाहरूले बीमा गरेपछि रोग लागेमा पाइने सुविधा, रोगी व्यक्तिको बीमा हुने/नहुने, पीआईडी सुविधा कसरी लिने तथा समूहगत रूपमा कुन–कुन बीमा गर्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए। विशेषगरी ग्रामीण क्षेत्रमा बीमा सेवाको पहुँच, प्रक्रिया र विश्वास सम्बन्धी प्रश्नहरू उठेका थिए।

Advertisement
Advertisement

कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिँदै प्रमुख देवले बीमा प्रक्रियालाई अझ सहज र पहुँचयोग्य बनाउन प्रयास भइरहेको जानकारी गराइन्। उनले विपद् तथा स्वास्थ्य समस्याका समयमा बीमाले आर्थिक सहारा प्रदान गर्ने भएकाले आम्दानीको केही अंश बचत गरी बीमा गर्नु आवश्यक रहेको बताइन्। साथै, महिला समूहहरूलाई सामूहिक रूपमा बीमा योजना अपनाउन र समुदायस्तरमा सचेतना फैलाउन आग्रह गरिन्।

कार्यक्रममा करिब ६० जना महिलाहरूको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार