free website hit counter

प्रिमियम मूल्यमा एफपीओ जारी गर्दै हिमालयन बैंक

beemaadmin
२०८१ पुष ८, सोमबार

काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गने प्रस्ताव राखेर साधारणसभा बोलाएको छ । सभा, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजेदेखि बस्नेछ । यद्यपि बैंकले यसपटक लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाले गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवकालागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण, स्वतन्त्र सञ्चालकको नियुक्ति र खर्च अनुमोदन गर्नेछ । त्यस्तै, प्रिमियम मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्ने र एफपीओ निष्कासनपछि जारी तथा चुक्ता पुँजी बढ्ने भएकाले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभा प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । त्यसैले पुस १७ गतेसम्म कायम शेयरधनी सभामा सहभागी बन्न सक्नेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार