free website hit counter

प्रिमियर इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा, के के छन् एजेन्डा ?

beemaadmin
२०७७ चैत्र १, आईतवार

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले २७औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको गत फागुन २६ गते बसेको बैठकले आउँदो चैत २३ गते वार्षिक साधारणसभा डाकेको हो।

वार्षिक सभा काठमाण्डौको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको हाल कायम चुक्तापुँजीको ११.०५ प्रतिशतले हुन आउने ११ करोड ८७ लाख ६७ हजार १५८ रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गर्नेछ। कम्पनीको चुक्तापुँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको छ।

Advertisement
Advertisement

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १० गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।

Advertisement
Advertisement

सम्बन्धित समाचार