free website hit counter

प्रिमियर इन्स्योरेन्सले बढायो ५२ प्रतिशत नाफा

beemaadmin
२०७८ बैशाख २०, सोमबार

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासभित्रमा ५९ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ११.४१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ५२ करोड ९६ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय ४२।७३ प्रतिशतले बढाएर ९ करोड ८३ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष यस्तो आय ६ करोड ८९ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा कम्पनीको दाबी भुक्तानी २६.०७ प्रतिशतले घटेर २७ करोड ८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो भुक्तानी ३६ करोड ६४ करोड रुपैयाँमा सीमित थियो। कम्पनीको व्यवस्थापन खर्च ४।७२ प्रतिशत बढेर १५ करोड ८० लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १५ करोड ९ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीले बीमा कोषको आकार बढाएर ८१ करोड ५ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषको ५९ करोड ७ लाख रुपैयाँमा सीमित थियो। अघिल्लो वर्षको यही अवधिसम्म २६ करोड ७ लाख रुपैयाँको जगेडा तथा कोषको आकार बढेर ३३ करोड ३९ लाख रुपैयाँको उचाइमा पुगेको छ।

Advertisement
Advertisement

त्यस्तै महाविपत्ति जगेडाको आकार ५ करोड ४९ लाख रुपैयाँबाट घटेर ३ करोड ९९ लाख रुपैयाँमा सीमित बनेको छ। तेस्रो त्रैमासमा कम्पनीको नाफा ५२.०७ प्रतिशतले बढेर २८ करोड ९६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा १९ करोड ४ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीको जारी बीमालेखको संख्या १ लाख २३ हजार ५९९ पुगेको छ। गत वर्ष यही अवधिमा यो संख्या १ लाख ९ हजार ७०९ रहेको थियो।

Advertisement
Advertisement

सम्बन्धित समाचार