free website hit counter

प्रिमियर इन्स्योरेन्सले दिँदैछ निःशुल्क बीमा अभिकर्ता तालिम

beemaadmin
२०७८ भाद्र २४, बिहीबार

काठमाडौं । बीमा क्षेत्रमा भविष्य खोज्ने योजनामा रहेकाहरुलाई खुशीको खबर । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले निशुल्क बीमा अभिकर्ता तालिम दिने भएको छ । कम्पनीले ‘निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम’ श्लोगन सहितको एक सूचना जारी गर्दै तालिम संचालन गर्ने जानकारी गराएको हो । कम्पनीले भदौ २७ गतेदेखि असोज २ गतेसम्म एक साता तालिम प्रदान गर्न लागेको हो । सो तालिम बिहान ९ः४५ बजेदेखि ११ः४५ बजेसम्म जुम मार्फत् हुनेछ । उक्त तालिममा सहभागी हुनका लागि १८ वर्ष पुरा भई एसएलसि उत्तिर्ण भएको हुनुपर्नेछ । त्यसैगरी इजाजतपत्रको प्रयोजनका लागि भने कम्पनीको खातामा रु ५ सय जम्मा गर्नुपर्ने जनाएको छ ।

सम्बन्धित समाचार