काठमाडौं । प्रिमियर इन्स्योरेन्सले मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई एक अर्ब ३४ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सले उक्त जलविद्युतमा भएको हानी नोक्सानीको क्षतिपूर्ति बापत उक्त जलविद्युत कम्पनीलाई सो बराबरको रकम भुक्तानी गरेको हो । जलविद्युत आयोजना निर्माण स्थल भोटेकोशीमा आएको बाढीले भएको हानी नोक्सानीको क्षतिपूर्ति बापत एक अर्ब चौतीस करोड उनासी लाख छयालीस हजार आठ सय एकहत्तर रुपैयाँ भुक्तानी गरिएको हो । सो रकम प्रिमियर इन्स्योरेन्सले मंसिर १९ गते भुक्तानी गरेको हो । एन्डन्ट्ज हाइड्रो प्रालि तथा मध्य भोटेकोशी जलविद्युत कम्पनीले प्रिमियर इन्स्योरेन्समा इरेक्सन अल रिस्क बीमा गरेका थिए ।