free website hit counter

प्रुडेन्सियल इन्स्योरेन्सले कमायो १६ करोड मुनाफा

beemaadmin
२०७६ भाद्र ७, शनिबार

काठमाडौं । निर्जीवन बीमा बजारको अग्रणी संस्था प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारणसभा पर्साको वीरगञ्जमा सम्पन्न भयो । सो साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको व्यहोरा अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराएका थिए । आ.व. २०७४/७५ मा कम्पनीले १६ करोड २२ लाख १५ हजार ७ सय ३४ रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल भएको छ । यसभन्दा अघि कम्पनीको विशेष साधारणसभाले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद सेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य आधा घट्ने अनुमान

beemaadmin
२०८१ चैत्र २४, सोमबार

बोर्डमै अड्कियो ५४ अर्बको आइपीओ

beemaadmin
२०८१ चैत्र २४, सोमबार

स्वास्थ्य बीमाको बक्यौता १६ अर्ब

beemaadmin
२०८१ चैत्र २४, सोमबार