free website hit counter

प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ९ करोड

beemaadmin
२०७७ बैशाख ३१, बुधबार

काठमाडौं । विषम परिस्थितिका बाबजुद प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमा शुल्क घटेसँगै नाफा पनि घट्न पुगेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क १४.९८ प्रतिशतले घट्दा नाफा समेत प्रभावित भएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ३२ लाख रुपैयाँले घटेर ३० करोड २४ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३५ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । इन्स्योरेन्सको बीमाशुल्क घटेपछि नाफा पनि ९ करोड ६ लाख रुपैयाँमा सिमित भएको छ । यो गत आर्थिक वर्षको यहि अवधीको तुलनामा ३ करोड ६६ लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको यसै अवधीमा इन्स्योरेन्सले १२ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ९ करोड ५५ लाख, लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २२ करोड ९० लाख रुपैयाँ, बीमा कोषमा ५१ करोड २७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ६३ लाख रुपैयाँ सञ्चित छ । इन्स्योरेन्सले यस अवधिसम्ममा ८९ हजार ५४ वटा बीमालेख जारी गरी ८२ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ३ हजार ८१८ दाबी बापत ६० करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ७२२ दाबी बापत ४२ करोड ३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा, प्रतिशेयर नेटवर्थ २२२ रुपैयाँ ८७ पैसा र मूल्य आम्दानी अनुपात २१.४५ गुणा छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार