free website hit counter

प्रुडेन्सियल इन्स्योरेन्सले साधारण सभाको स्थान परिवर्तन गर्यो

beemaadmin
२०७७ भाद्र २४, बुधबार

काठमाडौँ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १८औँ साधारण सभा हुने स्थान परिवर्तन गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा गर्ने भनिएको साधारणसभा अब होटल ईच्छा प्राइभेट लिमिटेड, सिमरा बारामा गर्ने भएको कुरा कम्पनीले जनाएको छ ।
कम्पनीको भाद्र २ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार यस कम्पनीको वार्षिक साधारण सभा भाद्र २६ गते शुक्रबार गर्ने भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने भएको छ । कम्पनीले बीमा समितिको प्रावधान अनुसार एनएफआरएस अन्तर्गतको वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले लगानीकर्तालाई लाभांश वितरण प्रस्ताव गर्न नसकिएको जनाएको छ । उक्त सभामा कम्पनीले विशेष प्रस्ताव मार्फत संस्थापक शेयरधनीहरुको समूहमा ८० प्रतिशतको शेयर स्वामित्व र सर्वसाधारण समूहमा २० प्रतिशतको शेयर स्वामित्व रहेकोमा संस्थापक समूह ८० प्रतिशतबाट घटाई ६० प्रतिशत पुराउने र सर्वासाधारण समूहमा २० प्रतिशतबाट बढाई ४० प्रतिशतमा परिणत गर्ने भएको छ ।

सम्बन्धित समाचार