free website hit counter

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल

beemaadmin
२०७७ भाद्र ३०, मंगलवार

काठमाडौं ।आगामी चार वर्षका लागि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवाल चयन भएका छन् । अग्रवाल आगामी चार वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन भएको कम्पनीले जनाएको छ । उनी कम्पनीको भदौ २६ गतेको १८औं वार्षिक साधारणबाट सञ्चालकमा निर्वाचित भएका थिए । सञ्चालकमा निर्वाचित भएका अग्रवाललाई कम्पनीको २०८औं सञ्चालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । विशाल अग्रवालसहित संस्थापक समूह अन्तर्गत अमित अग्रवाल र अर्पित अग्रवाल पनि सञ्चालकमा निर्वाचित भएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार