free website hit counter

प्रेमिकाको ग्याङले खाएको रेष्टुरेण्टको बिल देखेर प्रेमी बेपत्ता

beemaadmin
२०७७ कार्तिक ६, बिहीबार

एजेन्सी। आजकलको प्रेम निकै महंगो हुँदै गएको छ । प्रेमी प्रेमिकाको माग पनि फेलिएको छ । अहिले लुकेर होइन खुलमखुल्ला प्यार चल्छ तर निकै महंगो । प्रेमी प्रेमिकाहरु डेटिङमा जानु सामान्य कुरा हो । आजभोलि प्रेमी प्रेमिकाहरु नियमितजस्तो डेटिङमा जान्छन् र यसका लागि लोकप्रिय स्थानहरुमध्ये रेष्टुरेण्ट पनि एक हो । तर, चीनका एक युवकका लागि भने आफ्नो प्रेमिकालाई डेटिङमा बोलाउनु निकै महंगो साबित भएको छ । प्रेमिका आफ्ना २३ जना साथी र आफन्तहरु लिएर रेष्टुरेण्ट पुगिन् । रेष्टुरेण्टको भारी बिल देखेपछि उनका प्रेमि रेष्टुरेण्टबाटै फरार भएका छन् ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार चीनको झेजियाङ प्रान्तमा फोन र सामाजिक संजालबाट एक अर्काको नजिक आएका जोडीले ब्लाइण्ड डेट ९एक अर्कालाई नदेखी सिधै टेडिङमा जाने० को योजना बनाए । यसको लागि उनीहरुले एउटा रेष्टुरेण्ट रोजे । यो रेष्टुरेण्टमा उनीहरुको पहिलो पटक भेट हुँदै थियो । २९ वर्षका युवक निर्धारित समयभन्दा पहिल्यै निर्धारित स्थानमा पुगे । केही बेरपछि प्रेमिका पनि आइन् तर एक्लै होइन २३ जना साथी र आफन्त साथमा लिएर आइन् ।

सुरुमा सबै ठिक थियो । उनहिरुले एक अर्कासँग भेटे र साथमा खाना खाए । त्यसपछि जब रेष्टुरेण्टले युवालाई बिल दियो त्यो देखेर उनी डराए । त्यसपछि प्रेमी त्यहाँबाट फरार भए । रेष्टुरेण्टले सबै जनाको गरी कूल १९ हजार ८ सय चिनियाँ युआन ९३ लाख ५० हजार नेपाली रुपैयाँ० बराबरको बिल पठाएको थियो जुन बिल देखेपछि युवकको सातोपुत्लो उड्यो । युवकले त्यहाँबाट भाग्नु नै उचित सम्झिए र त्यहाँबाट फरार भए । युवतीले आफूले आफ्ना प्रेमीको उदारता जाँच्नको लागि ब्लाइण्ड डेटमा आफ्ना साथी र आफन्तहरु लिएर आएको बताएकी छिन् ।

युवक फरार भएपछि युवतीले नै रेष्टुरेण्टको सबै बिल तिर्नुपरेको छ । पछि युवतीले युवविरुद्ध पुलिसमा उजुरी गरिन् । पुलिसले पक्राउ गरेपछि युवकले केवल २ टेबलको बिल मात्र तिर्न तयार भए । बाँकी १५ हजार ४०२ युआन युवतीले नै तिर्नुपर्यो । पछि युवतीले आफू सबैभन्दा ठूलो पीडित भएको बताएकी छिन् भने चीनका धेरैजसो इन्टरनेट प्रयोगकर्ताले भने युवकप्रति सहानुभूति देखाउँदै युवतीको क्रियाकलापलाई निर्लज्ज भएको बताएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार