free website hit counter

प्रेमीले अन्तै मन डुलाएफछि यस्तो पो बदला

beemaadmin
२०७९ जेष्ठ ३१, मंगलवार

एजेन्सी । एक स्टार खेलाडीकी प्रेमिकाले उनीसँग ब्रेकअप गरिन् । यी खेलाडीले अर्की युवतीका लागि ८५ लाखभन्दा बढी खर्च गरेका थिए । यो कुरा उनकी प्रेमिकालाई थाहा भयो, त्यसपछि उनले सम्बन्ध तोडेर खेलाडीबाट अलग भइन् । ‘द सन’को रिपोर्टमा यी बेलायती खेलाडीको नाम खुलाइएको छैन तर उनी चर्चित फुटबल खेलाडी र थ्री लायन्स क्लबको हिस्सा रहेको बताइएको छ । भर्खरै, उनकी प्रेमिकाले खेलाडीसँग ब्रेकअप गरेकी छिन्, किनभने उनी गोप्य रूपमा अर्की केटीलाई भेट्ने गर्थे।
यति मात्र होइन, उनले युवतीमाथि करिब ८५ लाख रुपैयाँ खर्च समेत गरेका थिए । उनी त्यो केटीसँग प्रेममा परेका थिए । खेलाडी प्रायः केटीलाई भेट्ने, उनीसँग रात बिताउने, घर आएपछि पनि कुराकानी गर्थे। एक दिन नुहाउन गएको बेला उनले आफ्नो मोबाइल बाथरुम लैजान बिर्से । यसै क्रममा प्रेमिकाले उनको मोबाइल चेक गरिन् । मोवाइल हेरेर उनी छक्क परिन् । यसमा अर्की केटीसँग खेलाडीका धेरै तस्बिरहरू थिए। उनको च्याट बक्स रोमान्टिक सन्देशहरूले भरिएको थियो। प्रेमिकाले खेलाडीलाई यसबारे सोध्दा उनले बहाना बनाउन थाले । तर, खेलाडी शंकाको घेरामा परेको यो पहिलो पटक भने होइन । उनकी प्रेमिका भने यसपटक उनलाई छोड्ने मुडमा थिइनन् । उनले खेलाडीसँग ब्रेकअप गरिन् र उनीबाट अलग बस्न थालिन्। रिपोर्टका अनुसार खेलाडी यसअघि नै अर्की केटीसँग पक्राउ परेका थिए । तर हरेक पटक उसले गर्लफ्रेन्डलाई आफुले यस्तो काम कहिल्यै नगर्ने भनी विश्वास दिलाउन सफल भए । तर यसपटक उनको बहाना चलेन ।
वास्तवमा, उनको प्रेमिकाको शङ्का तब बढ्यो जब उनी घरमा ढिलो आउन थाले। उनले आफ्नो फोनको सुरक्षा गर्न थाले। फोन कसैलाई छुन पनि दिदैनथे । एक पटक उनको शरीरबाट महिलाको परफ्युमको गन्ध आइरहेको थियो, तब पनि उनले बहाना बनाए । तर प्रेमिकाले मोबाइल चेक गर्दा उनको पोल खुल्यो । बेलायती खेलाडीले युवतीलाई ३१ लाख रुपैयाँको उपहार, ४ लाखको हार र करिब ५४ लाख रुपैयाँ नगद उपहार दिएको बताइएको छ । यी सबै कुरा उनकी प्रेमिकाले थाहा पाएकी थिइन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार