free website hit counter

प्रेमीले अन्तै मन डुलाएफछि यस्तो पो बदला

beemaadmin
२०७९ जेष्ठ ३१, मंगलवार

एजेन्सी । एक स्टार खेलाडीकी प्रेमिकाले उनीसँग ब्रेकअप गरिन् । यी खेलाडीले अर्की युवतीका लागि ८५ लाखभन्दा बढी खर्च गरेका थिए । यो कुरा उनकी प्रेमिकालाई थाहा भयो, त्यसपछि उनले सम्बन्ध तोडेर खेलाडीबाट अलग भइन् । ‘द सन’को रिपोर्टमा यी बेलायती खेलाडीको नाम खुलाइएको छैन तर उनी चर्चित फुटबल खेलाडी र थ्री लायन्स क्लबको हिस्सा रहेको बताइएको छ । भर्खरै, उनकी प्रेमिकाले खेलाडीसँग ब्रेकअप गरेकी छिन्, किनभने उनी गोप्य रूपमा अर्की केटीलाई भेट्ने गर्थे।
यति मात्र होइन, उनले युवतीमाथि करिब ८५ लाख रुपैयाँ खर्च समेत गरेका थिए । उनी त्यो केटीसँग प्रेममा परेका थिए । खेलाडी प्रायः केटीलाई भेट्ने, उनीसँग रात बिताउने, घर आएपछि पनि कुराकानी गर्थे। एक दिन नुहाउन गएको बेला उनले आफ्नो मोबाइल बाथरुम लैजान बिर्से । यसै क्रममा प्रेमिकाले उनको मोबाइल चेक गरिन् । मोवाइल हेरेर उनी छक्क परिन् । यसमा अर्की केटीसँग खेलाडीका धेरै तस्बिरहरू थिए। उनको च्याट बक्स रोमान्टिक सन्देशहरूले भरिएको थियो। प्रेमिकाले खेलाडीलाई यसबारे सोध्दा उनले बहाना बनाउन थाले । तर, खेलाडी शंकाको घेरामा परेको यो पहिलो पटक भने होइन । उनकी प्रेमिका भने यसपटक उनलाई छोड्ने मुडमा थिइनन् । उनले खेलाडीसँग ब्रेकअप गरिन् र उनीबाट अलग बस्न थालिन्। रिपोर्टका अनुसार खेलाडी यसअघि नै अर्की केटीसँग पक्राउ परेका थिए । तर हरेक पटक उसले गर्लफ्रेन्डलाई आफुले यस्तो काम कहिल्यै नगर्ने भनी विश्वास दिलाउन सफल भए । तर यसपटक उनको बहाना चलेन ।
वास्तवमा, उनको प्रेमिकाको शङ्का तब बढ्यो जब उनी घरमा ढिलो आउन थाले। उनले आफ्नो फोनको सुरक्षा गर्न थाले। फोन कसैलाई छुन पनि दिदैनथे । एक पटक उनको शरीरबाट महिलाको परफ्युमको गन्ध आइरहेको थियो, तब पनि उनले बहाना बनाए । तर प्रेमिकाले मोबाइल चेक गर्दा उनको पोल खुल्यो । बेलायती खेलाडीले युवतीलाई ३१ लाख रुपैयाँको उपहार, ४ लाखको हार र करिब ५४ लाख रुपैयाँ नगद उपहार दिएको बताइएको छ । यी सबै कुरा उनकी प्रेमिकाले थाहा पाएकी थिइन् ।

सम्बन्धित समाचार