free website hit counter

प्रेम विवाह गरेका छोरी ज्वाईको फकाई फकाई हत्या

beemaadmin
२०७७ पुष २८, मंगलवार

एजेन्सी । प्रेममा परेका युवा युवतीले परिवारलाई त्याग्ला तर प्रेम त्याग्दैन । प्रेम विवाह गरेका एक जोडीलाई युवतीका परिवारले फकाएर घरमा बोलाइ विभत्स तरिकाले हत्या गरेका छन् । टर्कीकी ती युवतीलाई आफ्ना काकाको छोरासँग परिवारले मागी विवाह गरिदिन चाहेका थिए । तर, उनले यो विवाह अस्वीकार गरेर प्रेमीसँग भागेकी थिइन् । पछि युवतीका परिवारले उनीहरुलाई फकाएर अब शान्तिपूर्वक बस्ने भन्दै नयाँ वर्षको पार्टीमा बोलाएका थिए । निम्तो पाएपछि आएकी छोरीलाई परिवारले हत्या गरेको र उनका प्रेमीलाई बलात्कारपछि हत्या गरेको डेलीमेलले जनाएको छ ।

घटना टर्कीको कमान जिल्लाको बेरामोजु गाउँमा भएको हो । २४ वर्षकी विल्दान इन्सलाई परिवारले आफ्ना कजिनसँग विवाह गर्न दबाब दिएका थिए । युवतीले भने त्यो विवाह गर्न अस्वीकार गर्दै करिब २ महिनाअघि आफ्ना प्रेमी २५ वर्षका ओस्मान सेलिकसँग भागेकी थिइन् । परिवारले उनीहरुको खोजी गरिरहे पनि फेला पार्न सकेका थिएनन् । जोडी नयाँ वर्षको पार्टीका लागि गाउँ आएका बेला परिवारले थाहा पाएका थिए ।

आफ्नी छोरी कमानमा भएको थाहा पाएपछि विल्दानका परिवारले उनीहरुलाई अब आफूहरुले शान्ति कायम गर्न चाहेको भन्दै घरमा बोलाएका थिए । स्थानीय मिडिया रिपोर्टअनुसार घरमा आएपछि विल्दानलाई बाथरुममा लगेर काटिएको थियो । उनका प्रेमीलाई बलात्कार गरेर घाँटी थिचेर मारिएको थियो । उनीहरु दुबैलाई हत्यापछि बगिरहेको पानीमा राखिएको थियो ताकि भुइँमा रगत नलागोस् । हत्यापछि दुवैको शवलाई गाउँबाहिर लगेर खाल्डोमा गाडिएको थियो ।
सेलिकको परिवारले छोरा हराएपछि पुलिसलाई खबर गरेका थिए ।

अनुसन्धानको क्रममा पुलिसले इन्स परिवारलाई सोधपुछका लागि हिरासतमा लिएको थियो । सोधपुछका क्रममा परिवारले आफूहरुले हत्या गरेको स्वीकार गर्दै गाडिएका शव देखाएका थिए । पुलिसका अनुसार शव बरामद भएपछि विल्दानका पिता, दाजु, उनलाई विवाह गर्न दबाब दिइएका कजिन र अन्य २ जना आफन्तलाई पक्राउ गरिएको छ । थप अनुसन्धान जारी रहेको पुलिसले बताएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार