free website hit counter

प्रेस काउन्सिलमा किशोर श्रेष्ठको स्थानमा दुर्गा भण्डारी

beemaadmin
२०७७ भाद्र २, मंगलवार

काठमाडौं । विश्व प्रेसकाउन्सिका वरिष्ठ उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जिम्मेवारी खोस्दै नवनियुक्त सदस्य दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । भण्डारीलाई केही दिनअघि मात्रै सरकारले काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो ।  श्रेष्ठको काउन्सिलको सदस्य पद भने यथावत नै रहेको छ ।

प्रेस काउन्सिल ऐन, २०४८ को ६ (१) कअनुसार नेपाल सरकारले गठन गर्ने काउन्सिलमा ‘सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट नेपाल सरकारबाट मनोनीत व्यक्ति अध्यक्ष हुने’ व्यवस्था छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार