free website hit counter

फरार अभियुक्त १७ वर्षपछि समातिए

beemaadmin
२०७७ श्रावण २४, शनिबार

काठमाडौं । हत्याका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले झापा जिल्लाको साविक जलथल गाविस ८ का दुर्गा मगरलाई बिहीबार मेचीनगर नगरपालिका १२ स्थित शहरेडाँगी आफन्तको घरबाट पक्राउ गरेको हो। उनले २०६० कात्तिक ३० गते झापा गाउँपालिका ४ बस्ने ४५ वर्षीय बिरिक लाल माझीमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका माझीको मंसिर ४ गते मृत्यु भएको थियो। माझीको मृत्यपछि मगर भारतको कोलकत्ता, दार्जिलिङ तथा वैदेशिक रोजगारीको लागि मलेसिया, दुबईसमेत पुगेका थिए। नेपालमा आएर पनि उनी आफन्तको घरमा लुकिछिपी बसेका थिए । उनीमाथि प्रहरीले थप अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेको छ।

२०६० कात्तिक ३० गते बिरिकलाल माझी आफ्नी छोरी भेट्न बिष्णुलाल माझीको घर अर्थात् आफ्नो ससुराली गएका थिए। छोरीलाई भेटेर राति ७–८ बजे उनीहरू बिरिकलाल र बिष्णुलाल घुमफिर गर्न घरबाट निस्किए। ५०० मिटर पर पुगेपछि बिरिकलाल चुरोट किन्न मणिकुमार राईको भट्टी पसलमा छिरे। बिरिकलाललाई चुरोट दिन राईकी छोरी आइन्।

डिएसपी थापाका अनुसार चुरोट लिँदा माझीले उनको हात छोएका थिए। त्यसकै निहुँमा रक्सी खाएर बसेका दुर्गा मगर र खेम फुयाललगायतले उनीमाथि कुटपिट गरे। उनीहरूले आफ्नी बहिनीको हात किन समातेको भन्दै माझीमाथि कुटपिट गर्न थाले। बाहिरै बसेका बिष्णुलाल माझीले पाहुना आएका बिरिकलालको गल्तीमा एक पटकका लागि माफी गरिदिन आग्रह गरे। त्यहाँबाट फुत्केर उनीहरू विष्णुलालको घर आउँछन्। घर फर्किएपछि बिरिकलाललाई छाडेर बिष्णु बाहिर निस्किन्छन्। त्यही बेला दुर्गा मगरले केही मानिस जम्मा गरी बिरिकलाललाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको डिएसपी थापाले जानकारी दिए। प्रहरीले बिहीबार उनीमाथि सोधपुछ गर्दा आफूले हत्या गरेको स्वीकारेको डिएसपी थापाले बताए। उनका अनुसार यस घटनामा संलग्न अन्य तीन जनाको पनि खोजी भइरहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार