free website hit counter

फाइजरको कोरोना भ्याक्सिन लगाएपछि २९ जनाको ज्यान गयो

beemaadmin
२०७७ माघ ४, आईतवार

एजेन्सी । कोरोना विरुद्धको भ्याक्सिन धमाधम मानिसमा प्रयोग गर्न थालेपछि त्यसको नकारात्मक असर पत्तो लाग्दै गएको छ । नर्वेमा फाइजरको भ्याक्सिन लगाएपछि मृत्यु हुनेको संख्या २९ पुगेको छ । यससँगै सरकारको चिन्ता बढेको छ भने भ्याक्सिनमाथि समेत गम्भीर प्रश्न उठेको छ । नर्वेमा पछिल्लो समय मृत्यु हुनेको संख्या ६ थप भइ २९ पुगेको हो । यसरी मृत्यु हुनेहरु ७५ देखि ८० वर्ष उमेर समूहका छन् । यो समूहलाई जोखिममा रहेको समूह मानेर पहिले भ्याक्सिन लगाइएको हो ।

नर्वेमा अहिलेसम्म ४२ हजार जनालाई भ्याक्सिन लगाइसकिएको छ । शुक्रबारसम्म नर्वेमा उपलब्ध एकमात्र भ्याक्सिन फाइजर र बायोएनटेकले विकास गरेको भ्याक्सिन थियो । नर्वेजियन मेडिसिन एजेन्सीले ब्लुमबर्गलाई दिएको लिखित जवाफमा यी सबै मृत्युहरु यो भ्याक्सिनसँग सम्बन्धित भएको बताएको छ । एजेन्सीका अनुसार १३ मृत्युको आंकलन गरिएको छ र एजेन्सीलाई अन्य १६ मृत्युको विषयमा थाहा छ जसको आंकलन गरिँदैछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार