free website hit counter

फागुन १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म

beemaadmin
२०७६ फाल्गुन १८, आईतवार

फाल्गुन २० गते विश्ववन्यजन्तु दिवस । २३ गते आमलकी एकादशी ।

मेष : निजि तथा सरकारी तहबाट विषेश अवसर मिल्ला । स्वदेशमा नयाँ अवसरहरु हात लाग्न सक्छन् । प्रेमिकाको भावना साकार बनाउन थप धन खर्च गर्नुपर्नेछ । युवा युवती माझ लोकप्रियकार्य संञ्चालन गर्दा चर्चित भईनेछ । र्धािर्मक तथा सामाजिक क्षेत्रमा सेवागर्दा नेतृत्वकारी भुमिका आइलाग्न सक्छ ।

वृष : सन्चित धन खर्च गरी आभुषण गहना खरिद गर्न पारिवारिक मत मिल्नेछ । सर सापटी तथा कर्जाको मात्रा वृद्धि भइ मानसिक तनाव उत्पन्न हुनसक्छ । भ्रमणको सिलशिलामा तपाईले नै खर्च गर्नु पर्ने हुन्छ । खरानी रंग आत्मासात गर्नाले केही राहत प्रदान गर्न सक्छ ।

मिथुन : आफन्तजनबाट प्राप्त हुने सुझावलाई आत्मसात गरे लाभ मिल्नेछ । लेखन तथा प्रभावशाली कार्यले उचित स्थान पाउने छ । झिना मसिना पारिवारिक वातावरणले स्वास्थमा गडबडी आउन सक्छ । धार्मीक तथा सामाजिक क्षेत्रमा गरेका कार्यबाट प्रतिष्ठा प्राप्त हुनेछ । रुची नहुदाँ नहुदै पनि भोज भतेरमा सहभागी हुनु पर्नेछ ।

कर्कट : प्रियजनसँगको भेटघाटले दिनचर्या रमाइलो पूर्वक नै बित्ने छ । कार्य सम्पादन गर्ने क्रममा त्रुटिबस सरसामानगुम्न सक्छ सचेत रहनुहोला । ठूलो लगानीबाट गरिएका कार्यले उचित मुनाफा दिलाउने छ । सेता तथा क्रिम रंग प्रयोग गरे कार्य सम्पन्न गर्न सहज हुनेछ ।

सिंह : साथीभाइबाट आफुले अपेक्षा गरेको सहयोग सजिलै प्राप्त नहुन सक्छ । अभिभावकको सरसल्लाह बेगर सेयर खरिद बिक्रीगर्दा आर्थिक सङ्कट देखा पर्न सक्छ । साताको उत्तराध्र्दमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यवसायको शिलशिला माविदेश भ्रमणको साइत जुर्नसक्छ ।

कन्या : परिस्थिती पहिचान गरि पुरुषार्थ गरेमा प्रतिष्ठा सहित इनाम पाइनेछ । मित्रले दिएका बचन पुरा नगर्दा आर्थिक हैरानी व्यहोर्नु पर्ला । अनुकुल तथा प्रतिकुल अवस्थामा अरुको मुख ताक्नाले पछि परिएला । राजनैतिक विचार परिर्वतन भई परोपकार तथा पूण्य आर्जन गर्न संलग्नं भइने छ ।

तुला : पारिवारिक सुख सुविधाको निम्ति विलासिताको सामाग्री खरिदमा खर्च गर्नुपर्ने हुन्छ । लामो दुरीको यात्रामा खर्चले पिरोल्ने छ । परोपकार धार्मीक क्षेत्रमा आर्कषित हुँदै प्रतिष्ठित कार्य गरिनेछ । धनागमनमा रहेका चुनौतिहरु यथास्थितिमा नै रहनेछन् । पश्चिम दिशातर्फको यात्रा गर्दा फलिफाप होला ।

वृश्चिक : मन मिल्ने साथी भेटिनुका साथै मायाको बन्धन कसिन सक्छ । आफुलाई चासो नभएका विषयमा सरोकार राख्दा दुःख पाइनेछ । सोमबारदेखि कतिपय बाधा स्वतः हट्ने छन् । इटा रंगको अवलम्बनले चुनौतीको सामना गर्न उर्जा मिल्नेछ । साताको अन्त्यमा स्वास्थप्रति सचेत रहनुहोला ।

धनु : मन पराउनेहरुले वेवास्थागर्दा मानसिक तनावले सताउन सक्छ । पारिवारिक सरसल्लाहमा दुविधा सिर्जना हुन सक्छ । नगद सापटी लिएका साथीले आर्थिक समस्यामा पार्न सक्छन । साथीहरुसगँ मनोरञ्जन गर्दा खानपानमा हेलचेक्र्याँइ भै स्वास्थसम्बन्धि समस्याले सताउन सक्छ ।

मकर : पारिवारीक असहयोगका कारण रोकीएका कार्यहरु सहयोगमा रुपान्तरण हुनेछ । पक्कापक्की भै सकेको मंगलिक कार्यको तिथिमितिमा केही फेरबदल हुने सम्भाना छ । स्थान परिवर्तन तथा पदोन्नतीमा विवाद सिर्जना हुन सक्छ । लामो समयदेखि टाढिएका मित्रहरु नजिकिने छन् । निलो रंगलाई अवलम्बन गर्नाले थप क्षतीहुने क्रम रोकिनेछ ।

कुम्भ : धोकेवाजले पे्रम प्रस्ताव राख्दै नजिकिने प्रयास गर्न सक्छन् सचेत रहनुहोला । परिवारका अभिभावकहरुसगँ बिचार विभेद उत्पन्नभई आपूmप्रति गुनासो बढ्न सक्छ । सच्चा बिचार पूर्वक गरिएका कार्यहरुले भने फाइदा पुग्ने नै देखिन्छ । यात्राको क्रममा महत्वकांक्षाले जोखिम निम्त्याउने खतरा टरेको छैन ।

मीन : गुलिया वस्तुहरु कम सेवनले नै स्वास्थ दायक भइनेछ । सोमबार पछिको समय बढी प्रेरणा कारक हुनेछ । विदेशी साथीसगँको भेटले नयाँ अनुभव बटुलिनेछ । श्रृंगार तथा सजावट सम्बन्धी कार्यमा धन खर्च गर्नुपर्नेछ । साताको अन्त्यमा विविध मठमन्दिर तथा धार्मीक स्थानको परिक्रममा समय खर्चिनेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार