free website hit counter

फागुन २५ गते आइतबारदेखि चैत १ गते शनिबारसम्म

beemaadmin
२०७६ फाल्गुन २७, मंगलवार

फाल्गुन २६ गते फागु पुर्णिमा । २७ गते तराई होली । १ गते चैत्र संक्रान्ति

मेष : अभिभावकको सुझावलाई ख्याल गर्दा प्रतिस्प्रर्धिहरुलाई पछि पार्न सकिनेछ । होशियार पूर्वक गरिएको कार्यले धन आर्जन गर्न सकिनेछ । उच्च जिम्मेवारी आइलाग्दा विवेक पुर्याउन सके अवसर मिल्ने छ ।साथीहरुले खर्च गराउने चेष्ठागर्नेछन संयमता अपनाउनुहोला । धार्मीक कार्यतर्फ आकर्षित भइनेछ ।

वृष : गरिब असाहाय व्यातिहरुलाई गरेका सहयोगले मनको चिन्ता सृजनाशिल कार्यमा परिर्वतन हुनेछ । प्रतिस्प्रर्धिहरुलाई पछि पार्दै पुरस्कार उपहार प्राप्त गर्ने अवसर प्राप्तहुनेछ । मित्रहरुले महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने छन धैर्य भई कार्य गरेमा कार्य सम्पन्न गर्न सक्नुहुन्छ । साताको अन्त्यमा भोजभतेरमा सरिक भइनेछ ।

मिथुन : अध्ययनको शिलशिलामा विदेश जाने अवसर जुर्न सक्छ । विपरित लिंगी साथी तपाईको व्यत्तित्वप्रति आकर्षित भएको अवस्था छ, मुख खोल्न सकेका छैनन् । अभिभावकले तपाईको भावनालाई वेवास्था गर्दा खट्पट पर्न सक्छ बुधबार पछिका दिनहरु महत्वपुर्ण सावित हुनेछन ।


कर्कट : साथीहरुले दिएका सुझाबबाट कल्याण नै हुनेछ । पुरुषार्थहरुद्धारा गरिएका सेवाले उचाइमा पुर्याउने छ । दोष थुपार्नेहरु प्रशंसा गर्न थाल्नेछन् । आफ्ना सृजनशिल रचनाले प्रतिष्ठित व्यात्तिको मन जित्न सक्नु हुनेछ । सेतो पहिरनले कार्य क्षेत्रमा विशेष लाभ पुर्याउने छ ।

सिंह : टाढा भ¬एका मित्रहरुले विश्वास गर्ने वातावरण बन्दैछ केही नम्र भएर कार्य सम्पन्न गर्नु होला । पूर्व योजना विना आकष्मिक यात्रा गर्नले नसोचेको खर्च आइलाग्न सक्छ । प्रेमिकाले नसोचेका उपहार दिदै थप प्रस्ताव राख्न सक्छिन छिटै निर्णय गर्दा सफलता मिल्नेछ ।

कन्या : आफनो हट गर्ने बानीले परिवारमा मनमुटाब ल्याउँन सक्छ । परिस्थतिलाई बेवास्था गर्नले व्यवहारीक झमेला आइलाग्न सक्छ ।  कार्यमा ढिलाइ भए पनि सहि मार्ग पहिल्याउन सकिनेछ । मेहनत गर्दा धन आर्जन गर्न सकिनेछ । बोलीको प्रभावले अरुलाई मन्त्रमुग्ध बनाउन सकिनेछ ।

तुला : जतिसुकै सहयोग गरे पनि आफन्तहरुले जस दिने छैन ।अभिभावकबाट नयाँ कार्य शुरुवात गर्ने प्रेरणा मिल्नेछ । बोलिका प्रभावले अधुरा कार्यहरु पुर्ण हुनेछन । नयाँ मित्रको आगमन तथा सहयोगले मन ढुक्क हुनेछ । साताको अन्त्यतिर पारिवारीक भेटघाट तथा भ्रमणमा उत्साह जाग्नेछ ।

वृश्चिक : मेहनत , कर्मठ , लगनशिलताले प्रतिष्ठा दिलाउने छ । राम्रा अवसर र शुभ समाचारले साता अनुकुल वित्नेछ । अभिभावकको वचन परिर्वतनले मनमा चोट पुग्न सक्छ , संयमताका साथ निर्णय गर्नु उचित हुुनेछ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई सोचेजस्तो लाभ लिन सक्नु हुनेछ । घरायसी व्यवहारका कार्यमा संलग्न नभइ टाढा रहनुहोला ।

धनु : घरायसी व्यवहारको चटारो आइलाग्न सक्छ । दत्तचित्त भै कार्य गरेमा लक्ष्य प्राप्ती गर्न सक्नुहुनेछ । विना कारण प्रेमीका रिसाउन सक्छिन , भावना बुझने प्रयत्न गर्नुहोला । पहेला किसिमको फलफुल सेवन गर्दा स्वास्थ अनुकुल रहनेछ ।, अभिभावकको सुझाव तथा भावना कदर गर्दा स्वतः समस्या निर्मुल हुनेछ ।

मकर : धार्मीक यात्रामा जादाँ संयमता अपनाउनु होला । निलो रंग आत्मासात गर्नाले उचाइमा पुगिनेछ । ंबोलिको मघुरताले बिग्रन लागेका सम्बन्धलाई मलम लगाउन सहयोग गर्नेछ । खानपानको फेरबदल भै शारिरीक दुर्वलता देखा पर्न सक्छ । यो साता इष्ट मित्रसगँमठमन्दिर भ्रमणको योग जुर्नेछ ।

कुम्भ : पूण्य आर्जनमा समयव्यतित गरिनेछ । विभिन्न निकायबाट रोजगारीको प्रस्ताव आइलाग्नाले मन प्रफुल्लित हुनेछ । मौसमी फेरबदले स्वास्थमा असर पार्न सक्छ , चनाखो रहनुहोला । धार्मिक संस्थाको कार्यक्रममा नयाँ मित्रसँग मनोरञ्जन गर्दा अरुको मन लोभिनेछ । छरछिमेकका मंगलिक कार्यमा सहभागि भइनेछ ।

मीन : विपक्षीहरु सक्रिय भएकाले तपाईलाई ओझेलमा पार्न कोसिस गर्नेछन सचेत रहनुहोला । रोकिएको कार्यमा पुनः प्रयत्न गर्दा सफलता हात लाग्नेछ । दु्रत गतिमा साधन चलाउँदा दुर्घटना आइलाग्न सक्छ । खानपान तथा मनोरञ्जन गर्दा समयको उचित ख्याल गर्नु पर्नेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार