free website hit counter

फागुन ४ गते आइतबारदेखि १० गते शनिबारसम्म

beemaadmin
२०७६ फाल्गुन ४, आईतवार

७ गते प्रजातन्त्र दिवस । ९ गते महाशिवरात्रि ।

मेष  : मन मिल्ने साथिका नौला प्रस्तावले दोधारे भइनेछ । समयमा नै होश पुर्याउँदा दुवै जनालाई कल्याण हुनेछ । आर्थिक क्षेत्रमाप्रभुत्वजमाउन केही समय कुर्नु पर्नेछ । साताको अन्त्यमादिगो लगानिको अवसर प्राप्त हुदाँ उत्साह जाग्नेछ । निलो रङ्गको प्रयोग गर्दा फाइदाजनक देखिन्छ । । स्वास्थ सम्बन्धि गडवडीले सताउन सक्छ ।

वृष : राजनैतिक भेटघाटका कारण मनोबल उच्च रहनेछ । बिशिष्टजनको सल्लाहमा गरिएका कार्य सफल हुनेछन् । भुमि सम्बन्धीखरिद बिक्रीमा नोक्सान हुने छैन । शारिरिक श्रम गर्दा स्वास्थ अनुकुल रहनेछ । साहित्यिक क्षेत्रमा सहभागी हुने अवसर जुट्नेछ । सप्ताहन्तमा अध्यान अध्ययनमा अवरोध देखा पर्न सक्छ ।

मिथुन : प्रतिष्ठा जोगाउन सवारी साधन खरिद गर्ने बाध्यता आइलाग्ने छ जसले उचाइमै पुर्याउने छ । अर्काको कार्यमा अल्मलिँदा महत्वपुर्ण काम ओझेलमा पर्न सक्छ । अनुभव नभएको व्यवसायमा नोक्सान हुनसक्छ । शुभ तथा मांगलिककार्यमा धन खर्च हुनेछ । छोटा दुरीका यात्राले समय खर्च गराउनेछ ।

कर्कट : अन्तरवार्ता तथा परिक्षाहरुमा सहभागी हुदाँ रामै्र परिणम प्राप्तहुने सम्भावना छ । अवसरले थप मेहनतको अपेक्षा गरेको छ । अभिभावकको रुचीको ख्याल गर्दा धार्मिक स्थलहरुको भ्रमण पनि गर्नुपर्ने हुन सक्छ । अपांंंंंंंग तथा वृद्धवृद्धालाई मन तथाधनले सहयोग गरी पूण्य आर्जनमा समय खर्च गर्नुहोला । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ ।

सिंह : विदेश भ्रमणको प्रयत्न खेर जाने छैन । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । रोकिएकाकार्य दोहोर्याएर प्रयत्नगर्दा सफलता मिल्नेछ । प्रेमको सबन्धनमा तुसारापात आइलाग्ने सम्भवना छ । खर्चको मात्रा बढे पनि धेरै आवश्यकता पुरा हुनेछन् । प्रतिस्पर्धाले प्रगति गराउनेछ ।

कन्या : वादविवादमा अघि सर्नु उपयुक्त हुदैन । माङ्गलिक कार्यको प्रस्ताव आए पनि विचार पु¥याएर ढिलो निर्णय गर्नुहोला । अध्ययनको निम्त्ति विदेश जाने कार्यमा तिब्रता दिदाँ अपेक्षा गरेकै नतिजा हात लाग्न सक्छ । बिशिष्ट व्यक्तिको सुझावले सकरात्मक मार्ग पहिल्याउन सकिनेछ । साताको अन्त्यमा नशासम्बन्धी कष्टले सताउन सक्छ ।

तुला : पुण्य कार्यमा धन खर्च गरिनेछ । अलमल गरि सुस्त गतिमा गरिएका कार्यले अपजसको सामना गर्नुपर्ला । गोपनियता भगं भई कार्य सम्पन्न गर्न धक्कापुग्न सक्छ , सचेत हुनुहोला । आलस्य तथा विलासिताबाट टाडा रहनु नै आफ्नो हितमा हुनेछ । आर्थिक कारोबारका नोक्सान कमि गर्न अभिभावको सुझावले बाटो देखाउनेछ । व्रतालुले चिसोबाट सावधानी अपनाउनु होला ।

वृश्चिक : कमबोली प्रशस्त कार्य सम्पन्न गर्न सके परिणम आफ्नै पक्षमा हुनेछ । जटिल परिस्थितिका बीच प्रारम्भ गरिएको कार्यले उचित स्थान पाउनेछ । मन पराउने प्रेमि–प्रेमिका दोधारे मनस्थितीमा छन् परिस्थितिमुताविक व्यवहार गर्नुहोला । प्रतिष्ठा र पदोन्नतीको अवसरलाई चुनौतिको रुपमा आत्मासात् गर्न सके नयाँ उचाईमा पुगिनेछ । सेतो रंगको पहिरानले आर्शिवाद बर्साउने छ ।

धनु : शिक्षा क्षेत्रमा लगानीगर्दा बढि मुनाफाआर्जन गर्न सकिनेछ । साथीहरुसगँ भ्रमणमा अलमलिँदा उल्टै थप खर्चको भार थपिनेछ । अभिभावकको बचन परिर्वतनले मनमा चोट पुग्न सक्छ । शारिरिक आलस्यताले बन्न लागेका काम छुट्न सक्छन्, समयको ख्याल गर्नुहोला । खानपान तथा भोज भतेरमा सामेल हुदाँ स्वास्थप्रति सजक रहनुपर्नेछ ।

मकर : मन पराउनेसगँ ठाकठुक परे पनि साथीभाइको भुमिकामा विवाद मत्थर हुनेछ । नयाँ स्थानमा विशेष लगानिको वातावरण बन्दैछ । अर्काको कुरामा लाग्दा कतिपय काममा धोका भइ आर्थिक नोक्सानले पिरोल्न सक्छ । विगतका कमजोरी सच्याउँदै अघि बढ्नुहोला । सवारी साधनचलाउँदा होसियार अपनाउनु होला । मनोरञ्जन, सामाजिक सञ्जाल तथा भोजभतेमा समय खर्च गरिनेछ ।

कुम्भ : विदेशमा भ¬एका मित्रहरुले विश्वास गरि व्यवसायमा लगानि गर्न प्रस्ताव राख्नेछन् । उक्तकार्य गर्न ढिलाई नगर्नुहोला । धातुहरुमा लगानिगर्दा मनग्य आर्थिक लाभ हुनेछ । वृद्ध एवं असाहयको सेवा गर्न सके आर्शिवाद बर्सिनेछ । चिसो वातावरणमा मनोरञ्जन गर्दा स्वास्थको ख्याल गर्नुहोला ।

मीन : आर्कषक सवारी साधनखरिद गर्ने वातावरण बन्दैछ जसलाई परिवारको मतले अनुमोदन गर्नेछ । सोमबार र मंगलबार सामाजिक कार्यक्रममा उपस्थित भइनेछ । मेहनत एवं लगनशिलताले प्रतिष्ठा दिलाउने छ । प्रतिस्प्रर्धिहरुलाई पछि पार्दा सहजै रुपमा अन्य अवसरहरु भेटिनेछन् ।

सम्बन्धित समाचार