free website hit counter

फाल्गुन १० गतेदेखि १६ गतेसम्मको राशिफल

beemaadmin
२०७७ फाल्गुन १०, सोमबार

११ गते भीमा एकादशी । १५ गते श्री स्वस्थानी ब्रत समाप्ति


मेष : रातो रङ्गहरुको प्रयोगबाट कार्य सम्पन्न गर्न थप उर्जा प्रदान गर्नेछ । रोजगारीका नयाँ क्षेत्रमा पदबहाल गर्ने अवसर आइलाग्न सक्छ । पारिवारीक तथा सामाजीक हैसियत कायम राख्न जीवनशौलिमा परिर्वतनको जरुरी पर्नेछ । पूण्य आर्जनमा केही दिन खर्चीनु पर्ने अवस्था छ । मनोरञ्जनमा सहभागी हुदाँ खानपानमा ध्यान पुर्याउनुहोला ।

वृष : साथीहरुबाट पे्रम प्रस्तावको समाचार आइलाग्न सक्छ , विवेक पुर्याएर निर्णय गर्नु होला । ढिलो गरि गरिएका कार्यले सोचे जस्तो परिणाम नदिन सक्छ । आर्थिक व्यवहार तथा पारिवारिक वातावरणमा रुमल्दिदाँ रोजगारीका सम्भावनाहरु ओझेलमा पर्न सक्छन । रात्रिको समयमा सवारी साधन चलाउँदा थप सावधानी अपनाउनुहोला ।

मिथुन : सामाजिक क्षेत्रमा गरिएका कार्यबाट नाम दाम र सम्मान मिल्नेछ । पूख्यौलि चलअचल धनमा विवाद पर्न सक्छ , टाडै रहनुहोला । शेयर क्षेत्रको कारोबारमा आर्थिक लगानी गर्दा यो साता फलिफाप भै रामै्र मुनाफा हात लाग्नेछ । अर्काको अधिनमा गएको धन फिर्ता हुने प्रवल सम्भावना छ ।


कर्कट : कार्य व्यस्ततामा साता व्यतित हुनेछ । हितैषिीहरुसगँ भावना खोलेर गफगाफ गर्न अझ केही समय पखर्नु पर्नेछ । बाहिर मिजासिलो व्यवहार देखाउने मित्रसगँ सावधानी अपनाउनु नै आफनो भलो हुनेछ । अर्काको पारामा लागि बढी विश्वास गर्दा हैरानी व्यहोर्नुपर्ला ।

सिंह : साना लगानीबाट नै लाभ लिन सकिनेछ । दुबिधा हुदाँ हुदै गरिएको कार्यले उल्टो परिणम दिनेछ । मन पराउने साथीहरुले घुमघाम गर्ने प्रस्ताव राख्न सक्छन । भ्रमणको क्रममा थप खर्च गर्नु पर्नेछ । भौतिक साधन प्रयोग गर्दा विशेष होशियारी अपनाउनुहोला ।

कन्या : कुनै पनि कार्य सम्पन्न गर्ने क्रममा अभिभावकको रुची ख्याल गर्दा आर्थिक संकटबाट मुक्त भइनेछ । बनभोज तथा बाहिरी भ्रमणमा संलग्न हुदाँ महत्वपुर्ण व्यतिmहरुसगँ परिचित हुने मौका मिल्नेछ । सामाजीक सञ्जाल मार्फत आएका प्रस्ताव प्रति छिटो विश्वास नगर्दा नै आफनो भलो हुनेछ ।

तुला : उपलब्धि देखाएर धेरैको मन जित्न सकिनेछ । पहिलेका समस्याहरु स्वतः सुल्झिदै परिस्थिति अनुकुल हुदैँ जानेछ । आध्यात्मिकज्ञान प्राप्त गर्ने अवसर मिल्न सक्छ । आम्दानिको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधन समेत जुटाउन सकिनेछ । सञ्चित धन खर्च भै आर्थिक संकट आइपर्न सक्छ । मौसमी फेरबदलले स्वास्थबाधा निम्त्याउनेछ ।

वृश्चिक : जीवनशैलिमा परिर्वतन ल्याउन लगनशीलताको आवश्यक पर्नेछ । मन मिल्ने साथीले आफनो नामबाट फाइदा उठाउन सक्छन सचेतता अपनाउनुहोला । परिस्थितिसगँ सम्झौता गर्नु पर्दा मन खिन्न रहनेछ । सोमबार देखी शुभ चिन्तकहरुको साथ र विद्धवानहरुको सहयोग जुट्नेछ । सिर्जनशील रचनाले धेरैको मन लोभ्याउन सकिनेछ ।

धनु : पहिलो भेटमा प्रेम प्रस्ताव राख्नेहरुसगँ सचेत रहनुपर्नेछ । अभिभावक तथा ठुलाबडाको आशिर्वादले कार्य क्षेत्रमा प्रभुत्व जमाउन सहयोग पुग्नेछ । छोटा दुरिका लाभदायक यात्रा हुने सम्भावना छ । केही समय अस्वस्थ एवं तनाव भएको अनुभव भए पनि स्वतः उत्साह जाग्नेछ भने शरिर स्वस्थ रहनेछ ।

मकर : पारिवारिक सुख सुविधाको निम्ति विलासिताको सामाग्री खरिद गर्नुपर्ने हुन्छ सक्छ । अवसरको खोजीमा थप दौडधुप गर्नुपर्ने हनु सक्छ । सहपाठी बिच मित्रताको बन्धन कसिनेछ । परोपकार धार्मीक क्षेत्रमा आर्कषित हुदै प्रतिष्ठित कार्य गरिनेछ । लामो तथा छोटा दुरीको यात्रा गर्दा थप खर्चले पिरोल्नेछ ।

कुम्भ : कार्य क्षेत्रमा उत्ताउलोपन प्रर्दशन गर्दा विवादमा परिएला , संयमित रहनुहोला । मङ्गलबार पछिका दिनहरुमा थप उर्जा प्राप्त हुनेछ । अभिभावकसगँको बैचारीक द्धन्दप्रति सचेत रहनुपर्नेछ । चुनौतिहरु यथास्थितिमा नै रहनेछन् । पहेलो रंग प्रयोजन गर्न सके समस्याको गाँठो फुकाउन केही सहज महशुस हुनेछ ।

मीन : ज्ञान आर्जनको निम्ति विदेश जाने तिथि , मिति नजिकिदै छ । ससाना गल्तिहरु दोहोरिने हुनाले समयमै होशियारी अपनाउनुहोला । मेहनत अनुरुपको नतिजा प्राप्त गर्न अझै केही समय कुर्नुपर्नेछ । चिसोको कारण स्वास्थ बाधा भए मंगलबार पछि स्वास्थ अनुकुल नै रहनेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार