free website hit counter

फाल्गुन ११ देखि १७ गतेसम्म

beemaadmin
२०७६ फाल्गुन ११, आईतवार

१२ फाल्गुनगयाल्पो ल्होसार

मेष : मन मिल्ने साथीका नौला प्रस्तावले दोधारे भइनेछ । समयमा नै होश पु¥याउदाँ दुवै जनालाई कल्याण हुनेछ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन केही समय कुर्नु पर्नेछ । साताको अन्त्यमा दिगो लगानिको अवसर प्राप्त हुदाँ उत्साह जाग्नेछ । निलो रङ्गको प्रयोग गर्दा फाइदाजनक देखिन्छ । । स्वास्थ सम्बन्धि गडवडीले सताउन सक्छ ।

वृष : राजनैतिक भेटघाटका कारण मनोबल उच्च रहनेछ । बिशिष्टजनको सल्लाहमा गरिएका कार्य सफल हुनेछन् । भुमिसम्बन्धी खरिद बिक्रीमा नोक्सान हुनेछैन । शारिरिक श्रम गर्दा स्वास्थ अनुकुल रहनेछ । साहित्यिक क्षेत्रमा सहभागीहुने अवसर जुट्नेछ । सप्ताहन्तमा अध्यान अध्ययनमा अवरोध देखा पर्न सक्छ ।

मिथुन : प्रतिष्ठा जोगाउन सवारी साधन खरिद गर्ने बाध्यता आइलाग्नेछ जसले उचाइमै पु¥याउनेछ । अर्काको कार्यमा अल्मलिदाँ महत्वपुर्ण काम ओझेलमा पर्न सक्छ । अनुभव नभएको व्यवसायमा नोक्सान हुनसक्छ । शुभ तथा मांगलिक कार्यमा धन खर्च हुनेछ । छोटा दुरीका यात्राले समय खर्च गराउनेछ ।

कर्कट : अन्तरवार्ता तथा परिक्षाहरुमा सहभागी हुदाँ रामै्र परिणम प्राप्तहुने सम्भावना छ । अवसरले थप मेहनतको अपेक्षा गरेको छ । अभिभावकको रुचीको ख्याल गर्दा धार्मिक स्थलहरुको भ्रमण पनि गर्नुपर्ने हुन सक्छ । अपांंग तथा वृद्धवृद्धालाई मन तथा धनले सहयोग गरी पूण्य आर्जनमा समय खर्च गर्नुहोला । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ ।

सिंह : विदेश भ्रमणको प्रयत्न खेर जाने छैन । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । रोकिएका कार्य दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । प्रेमको सबन्धनमा तुसारापात आइलाग्ने सम्भवना छ । खर्चको मात्रा बढे पनि धेरै आवश्यकता पुरा हुनेछन । प्रतिस्पर्धाले प्रगति गराउने छ ।

कन्या : वादविवादमा अघि सर्नु उपयुक्त हुदैन । माङ्गलिक कार्यको प्रस्ताव आए पनि विचार पु¥याएर ढिलो निर्णय गर्नुहोला । अध्ययनको निम्त्ति विदेश जाने कार्यमा तिब्रता दिदाँ अपेक्षा गरेकै नतिजा हात लाग्न सक्छ । बिशिष्ट व्यक्तिको सुझावले सकरात्मक मार्ग पहिल्याउन सकिनेछ । साताको अन्त्यमा नशा सम्बन्धी कष्टले सताउन सक्छ ।

तुला : पुण्य कार्यमा धन खर्च गरिनेछ । अलमल गरि सुस्त गतिमा गरिएका कार्यले अपजसको सामना गर्नुपर्ला । गोपनियता भंग भई कार्य सम्पन्न गर्न धक्का पुग्न सक्छ, सचेत हुनुहोला । आलस्य तथा विलासिताबाट टाडा रहनु नै आप्mनो हितमा हुनेछ । आर्थिक कारोबारका नोक्सान कमि गर्न अभिभावको सुझावले बाटो देखाउनेछ । व्रतालुले चिसोबाट सावधानी अपनाउनु होला ।

वृश्चिक : कम बोली प्रशस्त कार्य सम्पन्न गर्न सके परिणम आफनै पक्षमा हुनेछ । जटिल परिस्थितिका बिच प्रारम्भ गरिएको कार्यले उचित स्थान पाउनेछ । मन पराउने प्रेमि–प्रेमिका दोधारे मनस्थितिमा छन् परिस्थिति मुताविक व्यवहार गर्नुहोला । प्रतिष्ठा र पदोन्नतीको अवसरलाई चुनौतिको रुपमा आत्मासात् गर्न सके नयाँ उचाईमा पुगिनेछ । सेतो रंगको पहिरानले आर्शिवाद बर्साउने छ ।

धनु : शिक्षा क्षेत्रमा लगानी गर्दा बढि मुनाफा आर्जन गर्न सकिनेछ । साथीहरुसँग भ्रमणमा अलमललिँदा उल्टै थपखर्चको भार थपिनेछ । अभिभावकको बचन परिर्वतनले मनमा चोट पुग्न सक्छ । शारिरिक आलस्यताले बन्नलागेका काम छुट्न सक्छन, समयको ख्याल गर्नुहोला । खानपान तथा भोज भतेरमा सामेल हुँदा स्वास्थप्रति सजक रहनुपर्नेछ ।

मकर : मन पराउनेसँग ठाकठुक परे पनि साथीभाइको भुमिकामा विवाद मत्थर हुनेछ । नयाँ स्थानमा विशेष लगानिको वातावरण बन्दैछ । अर्काको कुरामा लाग्दा कतिपय काममा धोका भइ आर्थिक नोक्सानले पिरोल्न सक्छ । विगतका कमजोरी सच्याउँदै अघि बढ्नुहोला । सवारी साधन चलाउँदा होसियार अपनाउनु होला । मनोरञ्जन, सामाजिक सञ्जाल तथा भोजभतेमा समय खर्च गरिनेछ ।

कुम्भ : विदेशमा भ¬एका मित्रहरुले विश्वास गरि व्यवसायमा लगानि गर्न प्रस्ताव राख्नेछन् । उक्तकार्य गर्न ढिलाई नगर्नुहोला । धातुहरुमा लगानि गर्दा मनग्य आर्थिक लाभ हुनेछ । वृद्ध एवं असाहयको सेवा गर्न सके आर्शिवाद बर्सिनेछ । चिसो वातावरणमा मनोरञ्जन गर्दा स्वास्थको ख्याल गर्नुहोला ।

मीन : आर्कषक सवारी साधन खरिद गर्ने वातावरण बन्दैछ जसलाई परिवारको मतले अनुमोदन गर्नेछ । सोमबार र मंगलबार सामाजिक कार्यक्रममा उपस्थित भइनेछ । मेहनत एवं लगनशिलताले प्रतिष्ठा दिलाउने छ । प्रतिस्प्रर्धिहरुलाई पछि पार्दा सहजै रुपमा अन्य अवसरहरु भेटिनेछन् ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार