free website hit counter

फुटबलमा नेपालले जित्यो स्वर्ण

beemaadmin
२०७६ मंसिर २४, मंगलवार

काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपालले भुटानलाई हराउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष फुटबलको स्वर्ण उपाधि नेपालले हातपारेको छ । साग फुटबलमा लगातार दोस्रो पटक उपाधि जितेको नेपालका लागि यो चौथो उपाधि हो । आज दशरथरंगशालामा भरिभराउ दर्शकबीच भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले उपाधि आफ्नो कब्जामा पार्न सफल भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा भुटानका खेलाडी चेन्चो ग्याल्सेनले बराबरी गोल गर्दै खेललाई थप दबावमा ल्याएका थिए ।
खेलको दोस्रो हाफमा सुनिल बलको गोलबाट नेपालले फेरि अग्रता लियो । सुनिलको उत्कृष्ट हेडलाई भुटानी गोलकिपरले बचाउन सकेनन् ।

तस्बिर : खेलपाटीबाट

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार