free website hit counter

फुडमान्डु फुड फेस्टिबलमा एनआईसी एसियाका ग्राहकलाई ३० प्रतिशत छूट

beemaadmin
२०७६ पुष २३, बुधबार

काठमाडौं । देशका सबै स्थानमा आफ्नो उपस्थिति जनाउन शाखा विस्तारमा अग्रसर रहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छूटका कार्यक्रम थप गर्नेक्रम जारी राखेको छ । अब एनआईसीका ग्राहकले फुडमाण्डूबाट खानेकुरा अर्डर गर्दा ३० प्रतिशत छुट पाउने भएका छन् ।  बैंकका ग्राहक फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा सो छुट पाउने व्यवस्था मिलाइएको हो ।

फुडमान्डु प्रालिको अनलाइन फुड फेस्टिभल २०२० मा बैंकिङ्ग साझेदार भएसँगै एनआईसी एशिया बैंकका ग्राहकले उक्त छुट पाउने व्यवस्था मिलाइएको हो ।  दुई कम्पनीबीच सोसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौताअन्तर्गत अनलाइन फुड फेस्टिभल २०२० मा बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी क्युआर कोर्ड मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट पाउने भएका हुन् ।  यो अफर पुस २१ गतेदेखि पुस २७ गतेसम्म लागू हुने बताइएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार