free website hit counter

फेरि अख्तियारका २० जनालाई कोरोना

beemaadmin
२०७७ श्रावण २२, बिहीबार

काठमाडौं । कोरोनाको हटस्पट बन्दै गएको राजधानीमा अब अवस्था जटिल देखिन थालेको छ । जताततै कोरोना संक्रमित बढ्दै गएका छन् । कोरोनाको जोखिममा आम नागरिकदेखि भीआईपीसम्म परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोगका थप १ सय कर्मचारीको स्वाव परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको बताइएको छ । आयोगका कुन शाखाका कर्मचारीलाई संक्रमण भएको भन्नेबारे खुलाइएको छैन ।गत मंगलबार आयोगका १५ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि थप १ सय जनाको स्वाव लिएर परिक्षण गर्दा संक्रमितको संख्या बढेको हो ।

सम्बन्धित समाचार