free website hit counter

फेरि अदालतकै ढोका ढकढक्

beemaadmin
२०७८ जेष्ठ ९, आईतवार

काठमाडौं । सबैतिरबाट घेरिएका प्रतिपक्षले आश गरे पनि नगरे पनि संसद विघटनको न्याय खोज्ने ठाउँ भनेको सम्मानित अदालतमात्रै बाँकी छ । प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा जाने तयारी गरेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालत जाने तयारी गरेको हो। शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेलको संयुक्त बैठकले संसद विघटनको कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो। सर्वोच्च जानका लागि दलहरु आपसमा छलफलमा जुटेका छन्। यसका लागि तयारी शुरु भइसकेको कांग्रेस नेता पुष्पा भुसालले जानकारी दिइन्। कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन भन्दै १४९ जना सांसदले हस्ताक्षर गरेका थिए। सकेसम्म सबै सांसदलाई भेला गराउने तयारी विपक्षी गठबन्धनले गरेको छ। त्यसैगरी विपक्षी गठबन्धनले कानुनी परामर्श पनि जारी गरेको छ। सम्पूर्ण तयारीपछि मात्र अदालत जाने नेता भुसालले जनाइन्। नेपाल पक्षका ११ जना नेतामाथि शनिवार बसेको एमालेको स्थायी कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय भएसँग सांसदको संख्या घढबढ हुने बताइएको छ। तयारी नपुगेमा गठबन्धन दल रिट लिएर आज सर्वोच्च जाने बताइएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार